विवाहपञ्चमीमा अयोध्याबाट आएका बरातलाई स्वागत
मकालु खबर
२०८१ मंसिर १८ गते
काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती) लाई स्वागत गरिएको छ ।
विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गर्नुभएको थियो ।
सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।
मकालु खबर
२०८१ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित