चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न ओलीले दिए निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन् । चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

उनीहरू दुवैले उपयुक्त समयमा नेपाल आउने जानकारी गराउँदै निमन्त्रणका लागि धन्यवाद दिएको प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *