राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल लगिएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *