कतार एयरवेजले रोक्यो भैरहवा उडान, काठमाडौंमा यथावत्

काठमाडौं । कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ । कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको उक्त एयरलाइन्सले मंसिर १५ देखि भैरहवा उडान बन्द गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार एयरवेजले भैरहवा विमानस्थलको उडान अनुमति मंसिर १५ सम्मका लागि मात्र लिएको थियो र त्यसलाई नवीकरण गरेको छैन । ‘कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, तर त्यसपछि नवीकरण नगरिएको हो,’ भुलले भने ।

हाल कतार एयरवेजले काठमाडौंबाट भने नियमित रूपमा दुई उडानहरू सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *