समग्रमा ४३ प्रतिशत नतिजा पक्षमा आउँदा कांग्रेस सन्तुष्ट छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् । महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् ।

उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताए । उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भीर समीक्षामा लागेको उनको भनाई छ ।

महामन्त्री शर्माले भने, ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रुपमा अगामी दिनहरूको लागि समीक्षा र विश्लेषण गर्ने रूपले महत्वपूर्ण छ । नेपाली काँग्रेसले हरेक चुनावलाई महत्वका साथ लिन्छ । कुनैपनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनैपनि चुनावलाई खेलाँचीको रुपमा लिँदैन । पार्टीले उपनिर्वाचनको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौं । पार्टीका सबै साथीहरू सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्रारम्भिक समीक्षा धारण पनि प्रस्तुत गरिरहेका छौं । प्रत्येक वडा र पालिकामा गम्भीर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो रु उपलब्धि हुँदै गर्दा कसरी भयो रु गुम्दै गर्दा कसरी गुम्यो रु भन्नेकुरा सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ । अहिले प्रारम्भिक रुपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा हामीले बुझेका छौं । नेपाली काँग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समीक्षा गर्दैछ । के उपलब्धि भयो रु त्यसलाई पनि विश्लेषण गर्दैछ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रुपमा लिएका छौं । सकारात्मक रुपमा लिएका छौं । यदि गणितीय हिसाबमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली काँग्रेसले तत्कालीन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समीकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौं, कहीँ नेकपा एकीकृत समाजवादीसँग हाम्रो समीकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्वपूर्ण छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *