प्रेस विज्ञप्ति

पोखरा ग्रान्डमा ‘सिटिजन एनुअल बिजनेस रिटृट २०८१’ सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘Citizen Annual Business Retreat 2081’ पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।

कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते पोखरा स्थित होटेल ‘पोखरा ग्रान्ड’ मा सम्पन्न भएको हो । यस कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो ।

सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरूको लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा राष्ट्रिय –अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको जनाएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरुलाई विभिन्न क्षेत्रहरूमा अझै ज्ञान प्रदान गर्न रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा को उपस्थिति रहेको थियो ।

प्रशिक्षक झाले सिटिजन लिडर्सहरुको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दैस बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेसा प्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत MDRT : किन आवश्यक छ जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउँदै आफ्ना सांस्कृतिक पोसाक तथा मौलिक संस्कृतिमा नाच–गान गरेर कार्यक्रमलाई उत्कृष्ट बनाएका थिए । यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरूलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएको कम्पनीले जनाएको छ ।

एन्युअल बिजनेस रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भूषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरूमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे । सो कुरालाई मध्यनजर गर्दै, सुचारु गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरूको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरू आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाए ।

यसै कार्यक्रममा Citizen earning point को उद्घाटन पनि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *