१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
मकालु खबर
२०८१ मंसिर १९ गते
पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका–६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।
मकालु खबर
२०८१ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित