न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।
मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानुनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए ।
उनले मधेसीहरूको योग्यता नपुगेको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गरे । उनले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताए ।
उनले भने ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरूमा बेइमानी जस्तो भएको महसुस भइरहेको छ । संघीय मन्त्रीज्यू यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको क्वालिटी नै भएन की भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । बिस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’
मुख्यमन्त्री सिंहले बालविवाह मधेस प्रदेशमा मुख्य चुनौतीको विषय बनेको बताए ।