प्रेस विज्ञप्ति

मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटली लगायतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

यस प्रकारको सेवाहरूले विदेशी पर्यटकलाई नगद बोक्ने झनझट नहुनुको साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवामा मात्र नभई विकास बैंक मध्य नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड यही मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *