लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको खेलमा लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । टम मूर्स ३० रन बनाएर आउट भए ।

ओपनर आशुतोष घिरैया १५ रनमा रन आउट भए । अर्का ओपनर अर्जुन साउँद १७ रनमा बोल्ड भए ।

सन्दीप जोरा १२ रन बनाएर खेलिरहेका बेला रन आउट भए । साद बिन जफरले १५ रनको योगदान दिए ।

बेन कटिङलाई ६ रनमा सन्दीप लामिछानेले आउट गरे । विवेक यादव १९ र रामोन सिमन्ड्स २ रनमा नट आउट रहे ।

बलिङमा विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मत आलमले समान १–१ विकेट लिए । सन्दीपले एनपिएल प्रतियोगिताकै पहिलो विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *