NEPALPAY QR र आइसिटी अवार्डबीच सहकार्य
काठमाडौँ । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को NEPALPAY QR आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धी सम्झौता भएको हो ।
उक्त अवार्ड कार्यक्रम पुस ५, २०८१ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरूलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
नेशनल पेमेन्ट स्विच अन्तर्गतको मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY ले QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले NEPALPAY QR को अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरूले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट NEPALPAY QR मा सहजै भुक्तानी गर्न सक्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।