सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहार जित्न सक्ने
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बिमालेख नवीकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ ।
यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर १८ गते देखि पौष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा रु.३०० देखि रु ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् जसअन्तर्गत बीमा नवीकरण मिति अगावै भुक्तानी गरेमा रु.५०० र तोकिएको नवीकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा रु.३०० प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीका अनुसार साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट , प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली विजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले रु।५० बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन । यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली विजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन ।
यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरूमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरूले सूर्यज्योति लाइफका विभिन्न सेवाहरू सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरुन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रविधिको प्रवर्द्धनमा आफूले विशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ,प्रकाश बिक्रम खत्रीले बताए ।
कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत भई शेयर धनीहरूका लागि २० प्रतिशत नगद लाभांस घोषणा गरिसकेको छ । साथै यही २०८१ मंसिर २१ गते शेयर दाखिल खारेजी बन्द मिति रहेको छ भने २०८१ पौष ६ गते कम्पनीको वार्षिक साधारण सभा हुने मिति आव्हान गरिएको छ ।