जनकपुरले पायो १३९ रनको लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनायो ।
पोखराका लागि दिनेश खरेलले १० रन बनाए । एन्ड्रिज गौसले २० रन बनाउँदा कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।
दिलीप नाथले ११ रनको योगदान दिए । म्याट क्रिचलेले सर्वाधिक ३५ रन बनाए ।
रेमन रेफर १७ रन बनाएर आउट भए । माइकल लीस्कले २५ रनको आक्रामक पारि खेले । नारायण जोशी ५ र विपिन खत्री १ रनमा नट आउट रहे ।
बलिङमा भने जनकपुरका ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए । जिमी निशमले २ विकेट लिए । किशोर महतो र मोहम्मद मोहसिनले समान १–१ विकेट लिए ।
पोखरा आज दोस्रो खेल खेलिरहेको छ । पोखरा पहिलो जितको खोजीमा छ । जनकपुरको भने यो तेस्रो खेल हो । जनकपुर लगातार तेस्रो खेल पनि जित्न चाहन्छ ।