प्रेस विज्ञप्ति

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली.ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कर्णाली प्रदेशबाट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको बताए । उनले यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजना अनुरूप मधेस प्रदेश, गण्डकी प्रदेश, कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको बताए । सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अव सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिने जानकारी गराए ।

उनले यस स्किममा नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बिमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरूका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *