जनकपुरधाम अयोध्यावासीका लागि पूजनीय स्थान : चम्पत राय

काठमाडौँ । रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताएका छन् ।

विवाहपञ्चमीको अवसरमा बिहीबार जनकपुरधाम आइपुगेका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताए । महासचिव रायले लोककल्याणका लागि भगवान् विष्णुले रामको रूपमा जन्म लिनुभएको र माता सीता आदिशक्ति भएको बताए ।

महासचिव रायले भने ‘सीताजीको स्थान भएकाले जनकपुरधाम अयोध्यावासीका लागि अत्यन्तै पूजनीय स्थान हो । त्यस्तै जनकपुरवासीको बहिनी अर्थात् सीताको विवाह अयोध्यामा भएकाले पनि दुवै स्थानबीच सांस्कृतिक सम्बन्ध छ । हिमाचलमा जन्मिएपछि पार्वती भनियो भने राजा दक्षको घरमा जन्मिँदा सति र राजा जनकको पुत्रिका रूपमा जन्मिएपछि सीता भनियो ।’

यसपटक विवाहपञ्चमी महामहोत्सवमा अयोध्याबाट करिब पाँच सय जना जन्ती जनकपुरधाम आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *