एनएमबि बैंकलाई एसिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्य स्थलको अवार्ड प्राप्त
काठमाडौँ । एनएमबि बैंकलाई २०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको छ । यो अवार्ड लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरूप प्राप्त भएको बैंकले जनाएको छ ।
UN Women र UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको जनाएको छ । ती प्रयासहरूमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित CSR गतिविधिहरू रहेको बैंकको दाबी छ ।
एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दिगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको जनाएको छ ।