पिच बुझ्न गल्ती भयो– काठमाडौं गुर्खाजका प्रशिक्षक शाही

काठमाडौँ । काठमाडौं गुर्खाजको प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य चेज गर्ने अनुमान गरिए पनि पिचलाई बुझ्न गल्ती भएको बताएका छन् ।

सुदूरपश्चिमसँग फराकिलो हारपछि काठमाडौँका प्रशिक्षक शाहीले अघिल्लो दिन दोस्रो इनिङ पिचमा राम्रोसँग बाउन्स भएकाले आज पनि राम्रो हुने अनुमान गरेको बताए । तर पिच आफूले अनुमान गरेजस्तो नभएको उनले उल्लेख गरे ।

प्रशिक्षक शाहीले बलिङमा आफूले कमब्याक गर्दा आफ्नो ब्याटिङमा पनि सहज नहुने होकी भन्ने लागेको बताए । जितनजिक पुगेर हार्नुभन्दा राम्रो ब्याटिङ गर्दै जाने लक्ष्य भएकाले १२ रनमा नै ६ विकेट पतन भएको उनको भनाइ छ । उनले दुई खेल हारेकाले आगामी खेलमा केही चुनौती हुने उल्लेख गरे । तथापि, बाँकी खेलमा सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको प्रशिक्षक शाहीको भनाइ छ ।

सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिएका नरेन साउदले प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले लाइन एण्ड लेन्थमा बलिङ फाले खेल जिताउँछौ भनेर प्रेरणा दिएको उल्लेख गरे । प्रशिक्षक र कप्तानको भरोसाअनुरूप विकेट पनि प्राप्त भएको र त्यसका लागि उनले धन्यवाद पनि दिए ।

उनले यु–१९ एशिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ दी म्याच पाउनेछु भन्ने विश्वास रहेको बताए । नरेनले यु–१९ एशिया कपबाट खेलेर आउँदा एनपिएलमा मद्दत पनि मिलेको उल्लेख गरे । इरासमसको छक्कापछि उनको नै विकेट लिँदा धेरै नै खुसी मिलेको उनको अनुभूति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *