कस्तो रह्यो प्रधानमन्त्री ओलीको चीन भ्रमण ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिन लामो चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा प्रधानमन्त्री ओली गत मंसिर १७ गते चीन प्रस्थान गरेका थिए । आज स्वदेश फर्किएपश्चात् १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी दिएका छन् ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरूमा छलफल गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यस्तै उनले आफूले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबिच पनि द्विपक्षीय वार्ता भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *