चितवनले कर्णालीलाई दियो १३१ रनको मध्यम लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए ।

त्यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए ।

अहिलेसम्म चितवनले खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने कर्णालीले भने दुवै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *