मेरो बिहेको खबरले म आफै चकित छु : पल शाह
मकालु खबर
२०८१ मंसिर २१ गते
काठमाडौँ । अभिनेता पल शाहले आफ्नो विवाहको खबरले आफै चकित परेको बताएका छन् ।
शुक्रवार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त कुरा बताएका हुन् ।
उनको आफ्नो विवाहको खबरमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । उनले साथी भाइहरूको यस प्रकारको चिन्ता र चासोको कदर गर्दै उक्त खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन् ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’
अहिले सामाजिक सञ्जालहरूमा उनको विवाहको खबरहरू आइरहेका छन् ।
मकालु खबर
२०८१ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित