रोहितले ९५ रन जोड्दा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । यो एनपिएलको सबै भन्दा ठुलो स्कोर हो ।

रोहितले ५९ बलमा ९५ रनको आक्रामक कप्तानी पारि खेले । उनले १० चौका र ४ छक्का हिर्काए ।

टम मूर्सले ४५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । उनी रन जोड्ने क्रममा रन आउट भए ।

सन्दीप जोराले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

आज पनि लुम्बिनीका ओपनरहरू चल्न सकेनन् । ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भए ।

बलिङमा पोखराका विपिन खत्रीले सर्वाधिक २ विकेट लिए । म्याट क्रिचले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *