कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् ।

अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च सतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए ।

अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ । जसलाई कङ्गोले महामारीको रुपमा घोषणा गरेको छ । फ्लूसँग मिल्दोजुल्दो लक्षणहरू भएको बताइएको छ ।

अहिलेसम्म ७१ जनाको ज्यान गएको छ । जसमध्ये २७ जना स्वास्थ्य संस्था र ४४ जना स्थानीय समुदायका छन् । करिब ३०० जना निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *