मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मकालु खबर
२०८१ मंसिर २१ गते
काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । सन्तानसुखको आशामा बसेका आमदम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताए ।
‘दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ । यसमा घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथालाई प्रस्तुत गरिएको छ’, निर्देशक श्रेष्ठले भने ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने नाटकमा कार्म र मेनुका प्रधानले दम्पतीको भूमिका निर्वाह गरेका छन् । अभिनेता तथा रङ्गकर्मी दयाहाङ राई निर्माता रहनुभएको नाटक मङ्सिर १६ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकको मागका कारण एकहप्ता समय थप गरिएको लेखक तथा निर्देशक श्रेष्ठले जानकारी दिए ।
मकालु खबर
२०८१ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित