बुद्ध एयरले थप्यो १९ औं एटीआर जहाज

काठमाडौँ । बुद्ध एयरले आज ६ डिसेम्बर, शुक्रवार १९ औं एटिआर जहाज भित्र्याएको छ ।

नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ ।

बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरू रहेका छन् । बुद्ध एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले  ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरू आफ्नो समय अनुकूल उडान भर्न सक्ने’ जनाएका छन् । हामी उडान तालिकालाई  बढी प्रभावकारिताका साथ सञ्चालन गर्न प्रतिबद्ध रहेका छौं, – उनले थपे ।

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *