लक्ष्य रक्षा गर्नसक्छौं भन्ने थियो : कप्तान पौडेल
काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौं भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए ।
लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे । आफू टिमबीच राम्रो साझेदारी भएपनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले उल्लेख गरे । आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएकाले उनी बताउँछन् ।
उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएको बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने बताए । भएको बलरबाट राम्रो नहुँदा भारतका तिब्र गतिका बलर जसप्रित बुमराह ल्याउनुपर्ने भन्दै मजाक पनि गरे ।
लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नहुनु कठिन रहेको उनको भनाइ छ । तर यो नतिजापछि दबाब महशुस नगरेको पनि उनी बताउँछन् । उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याक्दा सहज नभएकाले बताए ।
राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महशुस गरिरहेको उनको भनाइ छ ।