स्टार भलिबल खेलाडी मानबहादुर र सरस्वती अस्ट्रेलिया पलायन

काठमाडौं । नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए । नेपाल आँखा अस्पतालको साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त जानकारी गराएका हुन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको मन्त्री चौधरीको भनाइ थियो । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न नसकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको बताए ।

‘नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरूको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ,’ मन्त्री चौधरीले भने, ‘हाम्रो धेरै खेलाडी अहिले विदेश पलायन भइसकेको छ । हालै काभा भलिबल प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्ट्रेलिया पुगिसकेको छ ।’

मन्त्री चौधरीले पुरुष भलिबलबाट सन्यास लिएका तत्कालीन कप्तान मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्ट्रलिया पुगिसकेको बताए । नेपालमा खेलकुद उत्सवजस्तै भइरहेपनि खेलाडीहरूलाई सरकारले सुविधा दिन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *