रवि अदालत उपस्थित गराइयो, प्रहरीले माग्यो १३ दिन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर २३ गते
![रवि अदालत उपस्थित गराइयो, प्रहरीले माग्यो १३ दिन](https://www.makalukhabar.com/wp-content/uploads/2024/10/rabi-in-kaski-court-mk-6.jpg)
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई गत मंगलबार चितवन लगेर पनि बयान लिइएको थियो । अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको छ ।
लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित