इलाइट सिनेमा हललाई तीन लाख जरिबाना

काठमाडौँ । इटहरीस्थित इलाइट सिनेमा हललाई तीन लाख रुपैयाँ जरिबाना तिराइएको छ ।

तोकिएको मूल्य भन्दा बढी मूल्यमा पानी बेचेको भन्दै हललाई जरिबाना तिराइएको हो ।

उपभोक्ताले उजुरी दिएपछि वाणिज्य कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिका राजश्व शाखाको टोलीले बिहीबार इलाइट सिनेमा हलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा इटहरी ४ मा रहेको इलाइट सिनेमा हलले किन्ले ब्राण्डको पानी अधिकतम खुद्रा मूल्यभन्दा धेरैमा बिक्री गरेको पाइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका सूचना अधिकारी दीर्घबहादुर घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *