अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौँमा, देउवा र प्रचण्ड भेट्ने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु आज नेपाल आइपुगेका हुन् ।

उनी भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आइपुगेका हुन् ।

उनले काठमाडौंमा रहँदा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ ।

उनको यस भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने दूतावासले जनाएको छ । वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *