सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फुड कोर्टमा १५ % सम्मको छुट
मकालु खबर
२०८१ मंसिर २३ गते
काठमाडौँ । सिद्धार्थ बैंक र टेस्ट टाउन फुड कोर्ट प्रा. लि (काठमाडौँ, कमलपोखरी) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फुड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
मकालु खबर
२०८१ मंसिर २३ गते
प्रतिक्रिया