काठमाडौं‌मा यसरी मनाइयो भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)

काठमाडौं । संघीय राजधानी काठमाडौंको माइतीघरमा सोमबार बिहान भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस विशेष उत्साहका साथ मनाइएको छ । यस अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनपद प्रहरी र ट्राफिक प्रहरीको सहभागितामा जनचेतना फैलाउने कार्यक्रम आयोजना गयो ।

कार्यक्रममा सहभागी प्रहरीले हातमा विभिन्न सन्देशमूलक प्लेकार्डहरू बोकेका थिए । ती प्लेकार्डहरूमा ‘मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रबर्द्धनमा गरौं हातेमालो’, ‘भ्रष्टाचार अन्त्यः सुशासन हाम्रो गन्तव्य’ र ‘भ्रष्टाचारविरूद्ध सबै, सँगै र सँधै’ जस्ता नाराहरू लेखिएका थिए ।

विश्वभर हरेक वर्ष डिसेम्बर ९ मा मनाइने यो दिवसले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको सुनिश्चितताका लागि सबैलाई एकजुट हुन प्रेरित गर्दछ । ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२३ को करप्सन पर्सेप्सन इन्डेक्सका अनुसार नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको छ । यो तथ्यांकले भ्रष्टाचारविरूद्ध अझै सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ ।

यस वर्षको दिवसले समाजलाई भ्रष्टाचारमुक्त बनाउन र सुशासनलाई प्राथमिकतामा राख्न सबै वर्गलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *