डा.प्रेक्षा दलीसँग कुराकानी

दाँत कसरी माझ्ने ? दाँतमा किरा लागे कसरी गर्ने उपचार ?

काठमाडौं । कुनै पनि खाने कुरा खाने मुख्यद्वारा भनेको नै मुख हो । हामीले खाने कुराहरू विभिन्न किसिमका हुन्छन् । कुनै खाने कुराले स्वास्थ्य पनि राख्छ भने कुनै कुराले शरीरलाई बेफाइदा पनि गर्छ । खानेकुराहरू मुखमा हाली सके पछि चपाउने काम दाँतले गर्दछ । जति राम्रोसँग चपाइन्छ त्यति नै हाम्रो खानालाई पचाउन सहज हुन्छ । यसका लागि हामीले दाँतलाई स्वस्थ राख्नु पर्दछ । दाँत सम्बन्धी कस्ता रोगहरू लाग्न सक्छन् र दाँतको सुरक्षा साथै उपचार कसरी गर्ने ? भन्ने बारे हार्दिक डेन्टल क्लिनिककी सञ्चालिका डा. प्रेक्षा दलीसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :–

दाँत सम्बन्धी कस्ता कस्ता रोगहरू लाग्न सक्छन् ?
दाँत सम्बन्धी रोगहरूमा बच्चादेखिको कुरा गर्ने हो भने, बच्चाहरूको दाँतमा किरा लाग्नेबाट सुरु हुन्छ । बच्चाहरूको दाँतमा किरा लाग्ने, ठुलो मान्छेहरूमा दाँतमा किरा लाग्ने सिम्पल हुन्छ र पछि जरा सम्म पनि जान सक्छ । त्यो चरणमा एकदमै दुखाई हुन्छ । त्यसपछि गिँजाबाट रगत आउने समस्या पनि हुन्छ । रगत आउँदा यो त सामान्य हो भनेर छोडिन्छ,तर त्यसले नै पछि गएर गिजाको समस्या देखिने, दाँत हल्लिने, दाँतलाई समाउने जुन हड्डी हुन्छ त्यो हड्डी खिइने समस्या हुन्छ । त्यससँगै कतिपयको बच्चामै परमानेन्ट दाँत भनिन्छ त्यो नै निकालेको ठाउँमा दाँतहरू बाङ्गो टिङ्गो हुने हुन्छ । त्यसैले दाँत निकाली सकेपछि छिटो भन्दा छिटो दाँत लगाउन जरुरी हुन्छ । कतिपयको बाङ्गो टिङ्गो भएर बसेको बुद्धि बङ्गराहरु दाँतहरू हुन्छ, त्यस्तो दाँतहरूले समस्या दियो भने निकाल्नु नै उपयुक्त हुन्छ । यस समस्यामा दाँत किराले खानु, गिँजाबाट रगत आउने, बाङ्गो टिङ्गो दाँतहरू हुनु, बुद्धि बङ्गरा बाङ्गो भएर बस्ने जस्ता समस्याहरू नै दाँत सम्बन्धी रोगहरू हुन् ।

दाँतमा किन किरा लाग्ने समस्या हुन्छ ? किरा लाग्न नदिन के गर्ने ?
सबैभन्दा पहिले त, दाँत राम्रोसँग ब्रस गरेको छ कि छैन भनेर ध्यान दिनुपर्छ । त्यसपछि खानेकुराहरू मध्य पुष्टकारीहरू जस्तो चिपचिप खानेकुराहरू दाँतमा लागिसके पछि राम्रोसँग ब्रस गरेको छ की छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि ब्रस गरेको छैन भने दाँतमा किरा लाग्ने सम्भावना उच्च हुन्छ । यसको लागि हामीले जे खाएपछि पनि कुल्ला गर्ने, नभए पानी खाने बानी भयो भने र बिहान बेलुका दिनको दुई चोटि दाँत माझ्नु पर्ने हुन्छ । यस्तो ग-यो भने दाँतमा किरा लाग्नबाट बचाउन सकिन्छ ।

दाँत सफा र स्वास्थ्य राख्न के गर्ने ?
दाँत सफा राख्न हामीले ६-६ महिनामा डेन्टलमा गएर चेकजाँच गर्नुपर्छ । जसरी हामी ६-६ महिनामा शरीरको चेकजाँच गर्छौँ त्यसरी नै दाँतको पनि चेकअप गर्नुपर्छ । हामीले कसरी केयर गरेको छौँ, त्यही अनुसार हामीले ८ देखि १० महिनामा दाँत सफा गर्नुपर्ने हुन्छ । मेसिनले दाँत सफा गर्नु पर्दा भित्र भित्रको फोहोरहरू निस्किनु पर्ने हुन्छ, त्यही अनुसार हामीले मुख स्वास्थ्य र गिजालाई स्वास्थ्य राख्न सकिन्छ । सुर्तीजन्य पदार्थहरूलाई सेवन गर्नु हुँदैन ।

दाँत पहेँलो हुने दाँतमा खिया लागेको जस्तो अनि कालो किन हुन्छ ?
दाँतमा कालो खिया लागेको जस्तो समस्या धेरै जसो तराइवासीमा हुन्छ । प्राय जसो त्यहाँको पानीमा आइरन बढी हुन्छ । त्यो आइरन बढी भएको कारणले गर्दा दाँतमा कालो खिएको जस्तो देखिने हुन्छ । कति जनाको पहेँलो छ त्यो कस बसेको भनिन्छ, त्यो हुनुको कारण भनेको राम्रोसँग ब्रस नगरेको कारणले हुने गर्छ । तर एक दमै धेरै कस बसेको छ भने हामीले दाँत सफा गर्नुपर्ने जरुरी हुन्छ । डेन्टल क्लिनिकमै गएर दाँत सफा गर्नु पर्ने जरुरी हुन्छ ।

दाँत कसरी माझ्ने ? केही तरिका बताइ दिनुस् न !
दाँत माझ्दा हामीले कमसेकम १ देखि २ मिनेट त हामीले समय दिनु पर्ने हुन्छ । त्यति बेला हामीले ब्रसलाई हल्कासँग होल्ड गरेर गोलो गोलो सर्कुलर मोसनमा भित्र देखि नै बाहिर सम्म सफा गर्दै आउनु पर्छ । दुवै साइट तीर त्यसरी नै गर्ने साथै, जिब्रो भएको भाग तीर पनि हामीले ब्रस लगेर नै सफा गर्नुपर्ने हुन्छ । यदि हामीलाई यस्तो गर्न समस्या हुन्छ भने प्राय जसो दाँत माझ्ने एरियामा त ऐना हुन्छ, ऐना अगाडि बसेर सफा गर्ने, ब्रस गर्ने हामीले कता कता ब्रस गरिरहेका छौँ भन्ने आइडिया हुन्छ थाहा हुन्छ । त्यही अनुसार बानी पर्दै जान्छ । र सही तरिकाले ब्रस गर्न सके दाँतलाई स्वास्थ्य राख्न सकिन्छ ।

दाँतमा क्याप-क्राउन लगाउने भनेको के हो ? यो कति किसिमको हुन्छ ?
दाँतमा लगाउने क्याप र क्राउन कस्तो हुन्छ भने कुनै दाँतमा समस्या भएर दाँत निकालिएको छ भने त्यो खालि भएपछि छेउछेउको दाँतहरू छरिने हुन्छ । खालि ठाउँतिर घोप्टिन्छ, यदि माथिको दाँत निकालेको छ भने तलको दाँत पनि सर्ने हुन्छ । त्यो सरिसके पछि अरू दाँतहरूमा पनि किरा लाग्ने हुन्छ । त्यो अवस्था नआओस् भनेर हामीले क्राउन लगाउनु पर्ने हुन्छ । क्राउन र क्याप भनेको एउटै हो । साथै हामीले आरसिटि गरेको दाँतहरूमा साथै भाँच्चिएका दाँतहरूमा पनि क्राउन लगाउनु पर्ने हुन्छ । यसको किसिममा अहिले इनप्लान्ट पनि आएको छ । साथै मेटल क्राउन, पस्फेलिएनसिस् क्राउन हुन्छ, विर्कोनिया क्राउन लगायत क्राउनहरू लाउन मिल्छ ।

दाँतमा क्याप/क्राउन लगाउन कति खर्च लाग्छ ?
पस्फेलिएनसिस् क्राउनको भित्र पट्टि मेटल भएको कारणले यसको मूल्य अलि कम हुन्छ । साथै विर्कोनिया क्राउन यो दाँतको कलरसँग म्याच हुन्छ, त्यसैले यो अल्लि महँगो पर्छ । दाँतमा क्याप/क्राउन लगाउनको लागि दाँत निकालेको धेरै समय भैसकेको छ अथवा दाँत निकालेको ठाउँ निको भैसकेको छ भने हामीले एक दिन दाँतको नाप लिएर ल्याबमा पठाउनु पर्छ र ल्याबले एक दुई दिन भित्र ल्याइहाल्छ त्यसपछि दाँतमा लगाउन मिल्छ । यो समय अवधि दुई देखि तीन दिन सम्मको अवधिमा राख्न सकिन्छ । क्याप/क्राउन लगाउनको लागि उमेरले भन्दा उनीहरूको गिजा कस्तो छ भन्ने कुरामा भर पर्छ । यदि गिजा सुन्निने अथवा दाँतको छेउछेउको हड्डीहरूको समस्या छ भने गिजा पुरै तल सरि सकेको छ भने त्यस्तोमा क्याप क्राउन लगाउन मिल्दैन त्यसमा झिक्दै लगाउने खालको दाँत हुन्छ त्यस्तो लगाउन मिल्छ । गिजाको समस्या धेरै देखिएको ठाउँमा क्याप क्राउन लगाउन समस्या हुन्छ ।

दाँतको उपचार गर्दा हाम्रो ब्रेनलाई असर गर्छ की ?
गर्दैन, हाम्रो मुखमा नसा र ब्रेनमा हुने नसा सबै फरक हुन्छ । शरीरको विभिन्न ठाउँहरूको नसा छुट्टा छुट्टै हुन्छ । त्यस कारण दाँतले गर्दा कुनै पनि असर गर्दैन । असर गर्छ भन्ने भनाई सबै भ्रम हो ।

गिँजाबाट रगत आउँदा दाँतबाहेक अरू स्वास्थ्यमा पनि असर गर्छ ?
गिँजाबाट रगत आउँदा मान्छेहरूले केही पनि होइन भनी कियरलेस गर्छन् । त्यो एकदमै ठुलो समस्या हो । अझै बूढाबूढीहरूले त झनै धेरै कियरलेस गर्छन् । किनभने धेरै जसो डाइभटिज बिरामीहरू हुनुहुन्छ, उहाँहरूलाई गिजा सम्बन्धी एकदमै नराम्रो असर देखिन्छ । उहाँहरूले गिँजाबाट रगत आउँदा बेवास्ता गर्नु भएन । हामीले कहिले कहीँ बिरामीको गिजा हेरेर उनीहरूलाई डाइभटिज छ भन्ने समस्या पनि देखा परेको छ । डाइभटिज छैन भन्दै बूढाबूढीहरू आउनु हुन्छ, उहाँहरूको गिजा हेरेर हामीले एक चोटि डाइभटिज जाँच गराउनु भनिरहेका छौँ । गिजामा रगत आयो भने कियरलेस गर्ने होइन यसले त झनै गिजा बिग्रँदै जान्छ । गिजाको जुन दाँतलाई समाएको हड्डी हुन्छ त्यो पनि बिगार्दै गइरहेको हुन्छ । त्यसैले गिँजाबाट रगत आउँदा ध्यान समयमै उपचार र चेकअप गर्नुपर्छ ।

अन्तिममा के सुझाव दिन चाहनुहुन्छ ?
केटाकेटी देखि बुढाबुढी हरेकलाई केही नगरे पनि ६-६ महिनामा दाँत चेकअप गर्न जानु होला भन्न चाहन्छु । किनभने बच्चा बेलामा कति ले थाहा नपाएर परमानेन्ट दाँतमा किरा लागिरहेको हुन्छ । तर यो धेरै मानिसहरूले थाहा पाइरहेका हुँदैनन् । परमानेन्ट दाँत हुन्छ त्यो हाम्रो ६ महिनामा आइसकेको हुन्छ तर कति जनाले सोच्नु हुन्छ यो दुधे दाँत हो यो साटेर अको आइहाल्छ भन्नु हुन्छ त्यो अवस्थामा दाँत किराले पुरै खाई सकेको हुन्छ । उहाँहरूले मतलब गर्नु भएको हुँदैन । यसले गर्दा ६-६ महिनामा चेकअप गराउनुस् भन्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *