नेपालमा पहिलो पटक टाटा म्याजिक BS6 सार्वजनिक


काठमाडौं । नेपालमा पहिलोपटक टाटा म्याजिक BS सार्वजनिक भएको छ ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले नेपालमा पहिलो पटक टाटा म्याजिक BS6 सार्वजनिक गरेको हो ।
टाटा म्याजिक BS6 सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त हुने दाबी गरिएको छ ।
नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरि टाटा म्याजिक BS6 सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि.का अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि.का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापा सहितको सहभागीता रहेको थियो ।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि BS3, BS4 हुँदै BS6 संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ ।
हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलता पूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक BS6 पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास गरिएको छ ।
टाटा म्याजिक BS6 का प्रमुख विशेषताहरूः
इन्जिन : ६९४ सीसी पेट्रोल इन्जिन
शक्ति : ३०HP
टर्क : ५५ एनएम
गियरबक्स : ५ स्पीड गियर
पाङ्ग्रा : १३ इन्च टायर
सुविधाहरू : डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ECO स्विच, ABS र सबै पाङ्ग्रामा एन्टी–रोलबार
सुविधा : चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का एजिएम सेल्स कृष्ण चन्दले ग्राहकहरूको सन्तुष्टिका लागि प्रतिबद्ध रहेको बताए । उनले सहरी क्षेत्रमा पनि उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गरिरहेको बताए ।
‘नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक BS6 उत्कृष्ट यातायात समाधान हो । यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ,’उनले भने,‘सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’
कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक BS6 ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउने बताए ।
उनले गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको जानकारी दिए ।
उनले भने–‘टाटा म्याजिक BS6 ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ । यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ ।’
