हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न
काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ । सोमबार होटेल याक एण्ड यतीमा हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययको सुरुवातको सन्देश दिएको हेराल्ड कलेजले जनाएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।
२०२४ मा उत्तीर्ण भएका सबै दिक्षितहरूलाई हेराल्ड कलेज काठमाडौंले हार्दिक बधाई ज्ञापन गर्दै उनीहरुको आगामी कार्यकालको लागि शुभकामना समेत दिएको छ ।
विद्यार्थीहरूलाई अभिभावक, संरक्षक, शिक्षक, र साथीहरूको सहयोगको महत्वपूर्ण स्मरण गराउँदै कलेजमा हुँदा व्यतित अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर समेत समारोहले प्रदान गरेको छ ।
यस वर्ष कलेजबाट ६ सय २१ विद्यार्थीहरू दिक्षितभएका छन् । तीमध्ये ४२८ स्नातक(ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू रहेका छन् । कलेजले विद्यार्थीहरूको उपलब्धिमा गर्व गर्दै बधाई ज्ञापन गरेको छ ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् । यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ ।
उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् । आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल गु्रपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगारी पाइरहेको बताए ।
उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको समेत बताए । अध्यक्ष बुढाथाकीले नेपालमा वेलायती शिक्षाले गर्दा विद्यार्र्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
समारोहमा हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा कार्यरत उल्भरहेम्टन विश्वविद्यालयका एन्जेला स्पेन्सले (अध्यक्ष, गभर्नर बोर्ड) नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौका सम्पुर्ण टिमलाई धन्यवाद दिए ।
‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ’ स्पेन्सले भने । साथै उनले स्पेन्सले उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट उपलब्धिहरूको कदर गर्दै हार्दिक बधाई दिए ।
दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको बताइएको छ ।