एनसेलको एनपीएल फ्यान प्याक : निःशुल्क युट्युबका साथै एनपीएल टिकट पाउन सकिने
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०का खेलहरू झन्–झन् उत्साहजनक भईरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ । यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मजा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउँछन् ।
एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५०० भन्दा बढी आफ्ना ग्राहकहरूलाई एनपीएल टिकट वितरण गरिसकेको छ । ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलले युट्युबमा अनलिमिटेड पहुँचको अफर सधैँ अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको कम्पनीले जनाएको छ । कर सहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैँ अनका प्याकहरूमा ग्राहकले अनलिमिडेट युट्युबको मजा लिन सक्नेछन् । कम्पनीका अनुसार यी प्याक लिने ग्राहकहरूले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्नेछन् र साथै युट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्नेछन् ।
एनपीएल फ्यान प्याक लिने ग्राहकहरूले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउने कम्पनीले जनाएको छ । सहभागी हुनका लागि, ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट, वा ८१२३८९३ डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक (डेटा वा भ्वाइस) सजिलै लिन सक्नेछन् ।
यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु ५० क्यासब्याक (१ दिनको समयसिमा), रु १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउनेछन् ।
एनसेलले यो अफर सीमित समयका लागि उपलब्ध रहेको जनाएको छ र एनपीएललाई विशेष बनाउनका लागि यो अफर ल्याइएको बताएको छ ।