एनपिएल : जनकपुरले सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ रोज्यो, कसले जित्ला ?
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले बलिङ रोजेको छ । टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान अनिल कुमार शाहले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।
सुदूरपश्चिमविरुद्ध जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो ।
४ खेल खेल्दै ३ जित र १ हारका साथ सुदूरपश्चिम दोस्रो स्थानमा छ । यस खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । पछिल्लो खेलमा भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।
सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, हम्रीत सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर
जनकपुर बोल्ट्सको प्लेईङ-११
अनिल शाह(कप्तान), आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, जोशुवा ट्रम्प, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी