प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट र कुमारी क्यापिटल बीच IPO निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्ति सम्झौता


काठमाडौँ । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको IPO निष्कासन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तर्गतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल बीच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।
यस कम्पनीमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।
कम्पनीका अनुसार यस कम्पनीको मुख्य उद्देश्य लगानी मूलक हो । यस कम्पनीले हाइड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरू आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं। ३१ मा यसै आ।व।मा ३ ९तीन० विगाह जमिन समेत खरिद गरेको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फूलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केबलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।
यस कम्पनीले IPO निष्काशन पछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केबलकार, ईच्छाकामना केबलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिबद्धता गरेको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पुँजी रहेको छ भने जारी पुँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र IPO बाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पुँजी पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी गर्ने शेयर प्रति कित्ता रु. ५० दरको १,९६,००,००० कित्ता हुनेछ । यो कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा रहेको जनाएको छ ।
प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको IPO निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरेका थिए ।
