एनपिएल : भोलि पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
काठमाडौं । यही मंसिर १५ गतेदेखी कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । यसैबीच भोलि बिहीबार दुई खेल हुँदैछन् ।
पहिलो खेल विहान ९ः१५ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
जसमध्ये राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने बाहिरिसकेको छ । बुधवार काठमाडौं गुर्खाजसंग भएको खेलमा पराजित भएसंगै लुम्बिनी लायन्स बाहिरिएको हो । आज विहान भएको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्सलाई हराउँदै सुदुरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
कुन टिमको खेल कहिले ?
मंसिर १५ – १२ः१५ बजे – विराटनगर भर्सेस जनकपुर
मंसिर १७ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस चितवन
मंसिर १७ गते – १ः१५ बजे – जनकपुर भर्सेस कर्णाली
मंसिर १८ गते – ९ः१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर
मंसिर १८ गते – १ः१५ बजे – चितवन भर्सेस पोखरा
मंसिर १९ गते – ९ः१५ बजे – कर्णाली भर्सेस काठमाडौं
मंसिर १९ गते – १ः१५ बजे – विराटनगर भर्सेस लुम्बिनी
मंसिर २० गते – ९ः१५ बजे – पोखरा भर्सेस जनकपुर
मंसिर २० गते – १ः१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम
मंसिर २१ गते – ९ः१५ बजे – कर्णाली भर्सेस चितवन
मंसिर २१ गते – १ः१५ बजे – लुम्बिनी भर्सेस पोखरा
मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम
मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर
मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी
मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन
मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी
मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा
मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम
मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी
मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर
मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर
मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली
मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन
मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा
मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन
मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर
मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम
पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली
पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)
पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)
पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)
पुस ६ गते – १२ः१५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)