विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।

विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *