काठमाडौँले जनकपुरलाई दियो १ सय २ रनको लक्ष्य
मकालु खबर
२०८१ मंसिर २७ गते
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ११५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा समेटियो ।
काठमाडौँका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।
स्टेफन स्किनाजीले १७ रनको योगदान दिए । माइकल लेभिट ८ रन बनाउँदै आउट भए ।
भीम सार्कीले ४ रन बनाउँदा सुमित महर्जन खाता नै नखोली पेभिलियन फर्किए । राशिद खानले ७, डेनियल डथवेटले १, प्रतीक श्रेष्ठले ६ साहब आलमले ८ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।
मकालु खबर
२०८१ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित