सार्वजनिक विदा कटौती गरौं : अमरेशकुमार सिंह
काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सार्वजनिक विदा कटौती गर्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सार्वजनिक विदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताएका हुन् ।
उनले वर्षमा दुई महिना शनिवार मात्र पर्ने भएकाले सार्वजनिक विदा कटौती गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहहरुले आ—आफ्नै ढंगले विदा दिने प्रवृत्ति बढेको बताए ।
उनले कर्मचारीको लागि कार्यालय समयमा खाजा खानको लागि निश्चित समय छुट्याउनुपर्ने बताए ।
खाजा खाने बहानामा कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको समेत उनले बताए ।
उनले भने– ‘विदा धेरै भएका कारण पनि जनतालाई प्रभावकारी सेवा दिन सकिरहेको अवस्था छैन । कर्मचारीले काम गर्नुप¥यो कि परेन ? वर्षमा दुई महिनाजति त शनिवारकै विदा पर्छ नि । शनिवारको विदा कटौति गर्ने विचार होइन । कर्मचारीले जनताका लागि काम गर्ने वातावरण सिर्जना गर्नुप¥यो नि । सेवाको लागि नागरिक कार्यालयमा जाँदा कर्मचारी हुँदैन । खाजा खाने बहानामा कार्यालय बाहिर दिन बिताइदिन्छन् । खाजा खाने समयको लिमिट हुनुप¥यो नि । अर्को कुरा कर्मचारीले आफ्नो पदको ट्याग लगाएर आउनुपर्छ । सचिवले सचिवकै ट्याग लगाएर आउनुपर्छ । भन्सार, मालपोत तथा नापी कार्यालयमा भ्रष्टाचार धेरै हुने ठाउँमा जनता कर्मचारी हो कि विचौलिया भनेर झुक्किरहेको अवस्था छ । त्यसैले कर्मचारीले आफ्नो आहोदा अनुसारको कार्ड झुण्डाउने व्यवस्था पनि गरिनुपर्छ ।’
उनले कर्मचारीले ओहोदाअनुसारको परिचय पत्र अनिवार्य रुपमा लगाउने व्यवस्था गर्नुपर्ने बताए ।