एमालेमा ओलीको विकल्प छैन, अबको अध्यक्ष पनि ओली नै : विष्णु पौडेल
मकालु खबर
२०८१ मंसिर २७ गते
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लाई मात्र होइन सिङ्गो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको बताए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका पौडेलले ओलीको विकल्प खोज्नु नसकिने बताए ।
उनले एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ ओली नै अध्यक्षमा निर्वाचित हुने दाबी गरे ।
उनले भने–‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।’
मकालु खबर
२०८१ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित