चितवनमाथि विराटनगरको शानदार जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।

शुक्रवार चितवन राइनोजलाई ५१ रनले पराजित गर्दै विराटनगर किंग्सले दोस्रो जित दर्ता गरेको हो ।

जितका लागि १ सय ८१ रनको लक्ष्य चितवन राइनोजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो ।

चितवनका लागि अमर सिंह रौतेलाले सर्वाधिक ४२ रन जोडे । उनले ३ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए ।

सन्तोष कार्कीले २८ रन बनाउँदा कप्तान कुशल मल्लले २५ रन थपे । रवि बोपाराले २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

हसन इसाखिल ५, बासिल हमिद १, दीपक बोहरा २ र सोहेल तनवीरले १ रन मात्रै जोड्न सके ।

चितवनलाई सस्तैमा समेट्न विराटनगरका बलरले किफायती बलिङ गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए ।

क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो ।

विराटनगर किंग्सका बसिर अहमदले आक्रामक ब्याटिङ गरे । बसिरले नट आउट ६८ रनको आक्रामक पारि खेले । ४३ बल सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गुप्टिलले ४५ रन बनाए । उनले ३५ बलमा ४ छक्का र १ चौका प्रहार गरे ।

राजेश पुलामी मगरले पनि ३३ रनको आक्रामक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र १ चौका हिर्काए ।

ओपनर लोकेश बम शून्य रनमा बोल्ड हुँदा स्कट एडवर्ड्स पनि शून्य रनमा क्याच आउट भए ।

दीपक बोहराले ४ र निकोलस किर्टनले ८ रनको योगदान दिए ।

बलिङमा भने चितवनका रिजन ढकालले सर्वाधिक २ विकेट लिए । सोहेल तनवीर, बासिल हमिद, कुशल मल्लले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *