३५ वर्ष पछि टिकापुर विमानस्थल सञ्चालनमा, तारा एअरले व्यावसायिक उडान सुरु गर्ने
काठमाडौँ । टीकापुर विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
वि.सं २०४६ साल देखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० गते देखि नियमित रुपमा सञ्चालनमा आउन लागेको हो ।
टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो । यसका लागि नगरपालिकाले तारा एयर र यती एअरलाईन्स संग सहकार्य र समन्वय गरेको छ ।
टीकापुर नगरपालिकाकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एयरसंग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको बताए । यो सुनिश्चितताले आगामी दिनमा व्यवसायीक उडान नियमित गर्न सहज हुने उनले जानकारी दिए ।
उक्त विमानस्थलमा केही समय अगाडी नेपाल एअरलाईन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायीक उडान गरिसकेको छ ।
हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनले यात्रुको माग बढेमा उडान थपिने बताए ।
उनले काठमाण्डौं सम्मको भाडा रु। नौ हजार र नेपालगन्ज देखि टीकापुर सम्मको एकतर्फी भाडा रु। चार हजार पाँचसय निर्धारण गरिएको बताए । उनले तारा एअर मार्फत टीकापुर९ नेपालगन्ज ९ टीकापुर उडान हुने र यती एयरलाईन्सको नियमित उडानबाट काठमाण्डौं आवत जावत गर्ने तालिका मिलाइएको बताए ।
यात्रुहरूको सहजताका लागी तारा एअरले नेपालगन्ज बाट १२:३० बजे र टीकापुर बाट नेपालगन्जका लागि १:२० उडान गर्नेछ भने यतीको काठमाडौं ९ नेपालगन्ज को उडान तालिका बिहान १० बजे र नेपालगन्ज ९ काठमाण्डौं को उडान तालिका दिउँसो २:०५ बजे रहेको छ ।
टिकापुर आवत जावत गर्ने टिकट यती एअरलाईन्स तथा तारा एअरका वेबसाइट तथा सेल्स अफिसहरूबाट लिन सकिनेछ । ई सेवा, खल्ती, फोन पे का साथै टीकापुरमा सिद्धार्थ होटेल तथा काठमाण्डौं मा पथिल होलिडे मार्फत पनि लिन सकिने जनाइएको छ ।
तारा एअरले हाल ३ वटा टुईनअटर वायुयान मार्फत लुक्ला, फाप्लु, रामेछाप , जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरूमा नियमित तथा चार्टर उडान गर्दै आएको छ ।