हेल्प नेपाल र क्यालिकटबीच उपाधि भिडन्त हुने

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लव र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ ।

शुक्रवार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लव एचडिसी र क्यालिकट हिरोजले इरानको य–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिवार नै उपाधि भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्यो । यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार व्यहो¥यो । क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो ।

क्यालिकटले इरानी युवा टोलीविरुद्ध दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो । तर चौथो सेट भने रोमाञ्चक बन्यो । यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो ।

दोस्रो खेलमा हेल्प नेपालले क्लव एचडिसीलाई ३–० को सोझो सेटमा नै हरायो । पहिलो दुई सेट हेल्प नेपालले २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेटमा क्लब एचडिसीले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै क्यालिकटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक जोडेको थियो ।

यससँगै सेमिफाइनलमा शिर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेलेका हुन् ।

नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्लब एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ ।

गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो । आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् ।

सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *