रवि लामिछानेले कपटपूर्ण नाटक गरे : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्य थापाले रास्वपाका सभापति रवि लामिछानेले आफु विरुद्ध ‘हेट क्याम्पियन’ गरिरहेको बताएका छन् ।
शुक्रवार सामाजिक सञ्जालमा लेख्दै सांसद थापाले लामिछानेले कपटपूर्ण नाटकसँगै आफ्ना विरुद्ध ‘हेट क्याम्पियन’ र ‘गालीगलौज’ गरेको बताए ।
बयानमा रवि लामिछानेले थापाको योजनामा आफूलाई फसाइएको बताएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्– “क्लिन चिट“को भ्रम र “प्रतिशोध“को नाममा कपटपूर्ण नाटकसँगै मेराविरूद्दको “हेट क्याम्पियन“ र “गालीगलौज“ पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालसमक्ष छताछुल्ल पोखिएछ ।’
सांसद थापाले भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गरेर आफूलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह गरेको बताएका छन् ।