गण्डकी प्रदेशसभा सदस्य थापाले गरिन् शपथग्रहण
मकालु खबर
२०८१ मंसिर २८ गते
गण्डकी । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।
नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।
प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेकी हुन् ।
श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्नेछिन् ।
शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताए ।
मकालु खबर
२०८१ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित