काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा झर्यो
मकालु खबर
२०८१ मंसिर २९ गते
काठमाडौं । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । निरन्तर घटिरहेको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।
यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो । विभागका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ । सबैभन्दा बढी न्यूनतम तापक्रम विराटनगरमा ९ डिग्री सेल्सियस छ ।
मकालु खबर
२०८१ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित