रवि लामिछानेलाई झुटा मुद्दामा फसाउन खोजिएको भन्दै लमजुङमा र्‍याली (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको भन्दै शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ ।

शनिवार रास्वपाको लमजुङ जिल्ला भेलाको पूर्व सन्ध्यामा लमजुङको बेसीसहरमा विरोध स्वरूप उक्त र्‍याली आयोजना गरिएको हो ।

रास्वपाले सभापति लामिछानेको मानव अधिकार हनन भएको, झुटा मुद्दामा फसाउन खोजिएको र राजनीतिक प्रतिशोध साधेको जनाएको छ ।

उक्त जिल्ला भेलालाई सम्बोधन गर्न पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्व शिक्षामन्त्री एवं सांसद शिशिर खनाल लगायतका नेताहरू बेसीशहर पुगेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *