विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान हो : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए ।

उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरू बढ्दै गएको बताए । उनले खेलाडी उत्पादनमा निजी विद्यालयहरूको भुमिका अग्रणी रहेको बताए । उनले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताए ।

उनले भने ‘विद्यालय क्षेत्रलाई नै खेलकुदको एउटा महत्वपूर्ण क्षेत्र बनाएर त्यसमा पनि हाम्रो सन्दर्भमा अहिलेसम्म प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका विद्यार्थीले बढी चासो राखेका छन् । यसमा लगानी पनि निजी क्षेत्रबाट बढी भएको छ । उपयुक्त शिक्षक पनि हुने, त्यसका लागि भौतिक पूर्वाधार पनि एक हदसम्म बनाएर विद्यार्थी आकर्षण गर्नुपर्ने हाम्रो एउटा समाजको परिस्थिति हो । खेलाडीहरू उत्पादन हुने श्रोत वा मुहान नै विद्यालय हो । त्यसबाट यसलाई अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *